तनहुँको दुलेगौडामा यात्रु बाहक बस पल्टियो(फोटो फिचर सहित)

तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित दुलेगौडामा यात्रुबाहक मिनि बस अनियन्त्रित भई दुर्घटना भएको छ । दमौलीबाट पोखरा तर्फ आउँदै गरेको ना ५ ख ४९४५ नम्वरबो बस दुलेगौडाको पञ्चमुनी चोकमा दुर्घटना हुदाँ १ बालक सहित ४ जना गम्भिर घाइते भएका छन् ।


घाईतेहरुको उपचारको लागी पोखरा रिफर गरिएको इलाका प्रहरीका कार्यालय बेलचौताराका प्रहरी प्रमुख राजेन्द्र अधिकारीले जानकारी दिए । अहिले उदर कार्य जारी रहेको बसमा सवार कति घाईते भए भन्ने एकिन जानकारी नभएको अधिकारीले बताए । उनले भने–“केही समय पछि विस्तृत जानकारी प्राप्त ्हुनेछ हामी उद्दारको लागी जुटी रहेका छौ”


Comments