एकाबिहानै रात्री बस त्रिशुलिमा खस्यो, १५ यात्रुको घाइते अवस्थामा उद्धार


धादिङ । सप्तरीबाट काठमाडौं आउँदै गरेको यात्रु बाहक रात्री बस त्रिशुली नदीमा खसेको छ। प्रहरीका अनुसार यात्रुबाहक बस धादिङको गजुरी स्थित बांगेमोड भन्ने स्थानबाट त्रिशुलीमा खसेको हो ।
दुर्घटना हिान पौने ६ बजे भएको हो । बस पूरै नदीमा डुबेकाले यात्रुको संख्या र बस नम्बर खुल्न नसकेको र प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरी सकेको बताइएको छ ।
घटनास्थल पुगेको प्रहरीले १५ यात्रुको घाइते अवस्थामा उद्धार गरेको छ भने अन्यको उद्धार गर्ने काम भइरहेको बताइएको छ ।

Comments