विद्यार्थी भिसा प्रक्रिया सहज गरिदिन राजदुत लक्की शेर्पाद्वारा अष्ट्रेलिया सरकारलाई आग्रह


सिड्नी । अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाले नेपाली विद्यार्थीहरुलाई भिसा प्रक्रियामा भएको समस्या समाधान गरिदिन अष्ट्रेलिया सरकारसँग आग्रह गरेकी छन् ।
अष्ट्रेलियाकी परराष्ट्र मन्त्री जुली विस्वपमार्फत राजदुत शेर्पाले नेपाली विद्यार्थीहरुले झेल्नुपरेको समस्या अवगत गराएकी हुन् ।राजदुत शेर्पासँगको भेटमा अष्ट्रेलियाकी परराष्ट्रमन्त्री विस्वपले आवश्यक सुधार गरिने वचन दिएको बताइएको छ ।
बिहिवार संसद भवनमा भएको दुईपक्षीय भेटमा नेपाली विद्यार्थीहरुले कागजात पेश गर्दा भएको समस्यालाई समाधान गरिदिन आग्रह गरेकी हुन् ।
भिसा आवेदनका क्रममा नेपाली विद्यार्थीहरुको प्राविधिक समस्याका गुनासाहरु बढेपछि शेर्पाले परराष्ट्रमन्त्री विस्वपसँग सहजीकरणका लागि आग्रह गरेको वताइएको छ ।

Comments