एमाले नेतृको छोरामाथि काँग्रेस कार्यकर्ताको आक्रमण


मंसिर १०, अत्रौली
घिरिङ्ग गाउँपालिका १ अत्रौलीमा एमाले समर्थित युवा विदुर सिग्देल र सफल सिग्देल काँग्रेसका कार्यकर्ताहरुको आक्रमणबाट घाइते भएको छन् । शनिबार राति घरमा कोही नभएको मौका पारि सिग्देलद्धयलाई काँग्रेस कार्यकर्ता समेत रहेको स्थानिय पदम थापाको नेतृत्वमा पुगेका १० जनाले आक्रमण गरेको बताइएको छ ।
नेकपा एमालेका जिल्ला उप सचिव विष्णु भक्त सिग्देलले दिएको जानकारी अनुसार ५ वटा मोटर साइकलमा आएका १० युवाले सिग्देलद्धयलाई आक्रमण गर्दा विदुरको टाउकोमा गम्भिर चोट लागेको छ भने ढाडमा समेत रड प्रहार गर्दा चोट लागेको छ । यता सफल सिग्देलको भने खुट्टा भाँचिएको बताइएको छ । अनेरास्ववियु तनहुँका अध्यक्ष आर के पोख्रेलले काँग्रेसका कार्यकर्ताबाट भएको साँघातिक आक्रमण ज्यान लिने उदेश्यले भएको बताउदै दोषीलाई कडा कारबाही हुनु पर्ने बताएका छन् । उनले पोख्रेल अहिले पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा घाइतेहरुको उपचार स्थलमा रहेका छन् । उनका अनुसार उपचार पछि घाइते विदुरको अवस्था खतरा मुक्त रहेको छ ।
विदुर गत स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित घिरिङ्ग गाउँपालिकाकी उपाध्यक्षका छोरा हुन् । शनिबार उक्त स्थानमा प्रतिनिधि सभाका उम्मेदवार रहेको नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री शंकर भण्डारी चुनाव प्रचार प्रसारको क्रममा दलबलको साथमा पुगेका थिए ।
यस विषयमा गजरकोट प्रहरी कार्यालयमा थप जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन । प्राप्त जानकारी अनुसार घटना स्थलबाट प्रहरीले आक्रमणकारीहरुले प्रयोग गरेको लु २७ प १९६४ नम्वरको मोटर साइकल बरामद गरेको छ ।

Comments